विकास गर्नेलाई भोट दिने योजनामा सिन्धुपाल्चोकका मतदाता | Khabarhub Khabarhub

विकास गर्नेलाई भोट दिने योजनामा सिन्धुपाल्चोकका मतदाता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यस पटक विकास गर्नेलाई भोट दिने सोचमा छन् ।

विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट दिएको उनले स्मरण गरे । चुनावी रमझमले छोईनसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने ।

हालसम्म १२ पटक भोट हालिसकेका उनी गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफूहरूले दुःख पाएको बताउँछन् ।

छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।

“यसपालि सबैले सामुहिक रुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्छन्, “छोरा नातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ ।

चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउँछन् ।

अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ३३ बजे

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद