विष्टलाई बधाई दिँदै रामकुमारीले भनिन्- ‘जय पराजय सामान्य हो’ « Khabarhub

विष्टलाई बधाई दिँदै रामकुमारीले भनिन्- ‘जय पराजय सामान्य हो’


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रूपमा लिएको बताएकी छन् । अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत उनले आफूसँग विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छन् ।

आफ्ना पक्षमा हजारौँ मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी रहने बताएकी छन् । झाँक्रीले निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथ रहने प्रतिबद्धता उनले जनाएकी छन् ।

‘पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा ठानेकी छु।’ उनले लेखेकी छिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी अराजनीतिकरण  (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ चाहिँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ३१ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले