सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहन्छ : राजमो अध्यक्ष केसी « Khabarhub

सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहन्छ : राजमो अध्यक्ष केसी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले गठबन्धन सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहने बताएका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नं १ मा २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएका केसीले आज बागलुङ बजारमा निकालेको विजयी र्‍यालीपश्चात् आयोजित कोणसभामा बागलुङमा गठबन्धन सफल भएको बताए ।

उनले बागलुङ जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवार विजयी भएकाले गठबन्धन शतप्रतिशत सफल भएको बताउँदै प्रतिगमनका विरुद्धमा आफ्नो लडाइँ अगाडि बढाएको टिप्पणी गरे ।

“बागलुङमा प्रतिगमन परास्त भएको छ, गठबन्धन सफल भयो, राष्ट्रिय जनमोर्चाले मिल्दो एजेण्डामा मात्रै गठबन्धनमा सहभागी भएको छ, नमिल्दा एजेण्डा हाम्रो पार्टीका मात्रै हुन”, अध्यक्ष केसीले भने, “गठबन्धन चुनावपछि समेत कायम हुन्छ, जनमोर्चाले सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन, बागलुङको समग्र विकासमा सक्दो भूमिका खेल्ने छु, मतदातालाई धन्यवाद ।”

सादगी र स्वच्छ छविका नेताको रुपमा परिचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चौथो पटकलाई संसद् यात्रा तय गरेका छन् । पन्ध्र वर्षपछि चुनावी मैदानमा उत्रिएका ८२ वर्षीय केसी चौथोपटक संसद् भवन छिर्दैछन् । विसं २०५४ र २०६४ मा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० सालमा समानुपातिकबाट संसद् छिरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : २५ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले