बाँके भूकम्पको उच्च जोखिममा « Khabarhub

बाँके भूकम्पको उच्च जोखिममा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउँछन्। 

अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ । पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बताउँछन् । उपमहानगरपालिकामा मात्रै ११ हजार आठ सय बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।

भूकम्पको जोखिम न्यूनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उनी बताउँछन् । जोखिम हटाउन उपमहानगरपालिकामा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ । यसअघि विभिन्न आठ क्लष्टर बनाएर छलफल गरिएको मस्यौदालाई टुङ्गोमा पुर्‍याउने प्रयास भएको परियोजनाका अधिकृत शिव सुवेदीको भनाइ छ ।

नेपाल रेडकस सोसाइटी, नेपालगञ्ज शाखाका सभापति गोबद्र्धन सिंह भूकम्पीय जोखिमलगायत विपद्को सामना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिन्छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको उनी बताउँछन् । 

यसअघि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगञ्जका संकटासन्न क्षेत्रको जिआइएस म्यापिङ गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ०४ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका