सौन्दर्य प्रतियोगिताबारे नीतिगत स्पष्टता कायम गर्न संसदीय समितिको निर्देशन « Khabarhub

सौन्दर्य प्रतियोगिताबारे नीतिगत स्पष्टता कायम गर्न संसदीय समितिको निर्देशन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना सार्वजनिक भएपछि संसदीय समितिले चासो देखाएको छ।

सो घटनाको विरोधमा प्रदर्शन हुनुका साथै हदम्याद हटाउन संसदमासमेत आवाज उठेपछि समितिको ध्यानाकर्षण भएको हो । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले नीतिगत रुपमा स्पष्ट भएर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।

‘सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न उमेर, जात, योग्यतामा आधारित कुनै पनि प्रकारका सौन्दर्य प्रतियोगिताहरुलाई विस्तृत छलफल गरी नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गर्दछ’ समितिले भनेको छ ।

समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न पनि सरकारलाई भनेको छ।

यौन हिंसा र दुर्व्यवहारका घटना न्यूनीकरणका सम्बन्धमा समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, गृह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : ३१ बजे

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि