हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन « Khabarhub

हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु नगरेको स्पष्ट पारेका छन् ।

आज राजधानीको विभिन्न स्थानमा अनधिकृत रुपमा निर्मित संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले अनधिकृत संरचना भत्काउनका लागि ३५ दिने सूचना जारी गरेको तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि सम्पर्कमा नआएकाले संरचना भत्काइएको स्पष्ट पारे ।

उनले अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै रहने समेत जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले भनेका छन्– ‘अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।
अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ ।’

उनले त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारवाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति तिराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ५० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा