हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन | Khabarhub Khabarhub

हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु नगरेको स्पष्ट पारेका छन् ।

आज राजधानीको विभिन्न स्थानमा अनधिकृत रुपमा निर्मित संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले अनधिकृत संरचना भत्काउनका लागि ३५ दिने सूचना जारी गरेको तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि सम्पर्कमा नआएकाले संरचना भत्काइएको स्पष्ट पारे ।

उनले अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै रहने समेत जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले भनेका छन्– ‘अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।
अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ ।’

उनले त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारवाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति तिराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ५० बजे

काठमाडौं महानगरलाई विज्ञको सुझाव- सम्पर्कमा नआएका सहकारीहरू खारेजी प्रक्रियामा लैजानु

काठमाडौं– काठमाडौं महानगरपालिका कार्य क्षेत्र भई सम्पर्कमा नआएका करिब नौ

भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)

काठमाडौं- सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् । १४ वर्ष देखि लागु

आउँदो नोभेम्बरमा काठमाडौंले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्नेछ : उपप्रमुख डंगोल 

काठमाडौं– वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट

जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर