स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै  « Khabarhub

स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै 


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको केन्द्रीय कार्यसमितिको चौथो बैठकले चुनावी रणनीतिबारे छलफल गर्न लागेको हो।

बैठकमा चुनावी रणनीति, गठबन्धन र चुनावी तालमेल, स्थानीय तहमा पार्टीका तर्फका उम्मेदवारहरूको मापदण्ड लगायत समसामयिक विषयमा छलफल हुनेछ। कांग्रेसले स्थानीय तह निर्वाचनको तयारीस्वरूप गत फागुन २९ देखि एक महिने घरदैलो अभियान थालेको थियो। केन्द्रीय नेताहरूले स्थलबाट आएको जानकारीको ब्रिफिङ गर्नेछन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावका लागि तय गरिने घोषणा पत्र निर्माण समिति संयोजकमा बिहीबार महामन्त्री गगन थापालाई तोकेका छन्।

सभापति देउवाले चुनावमा गठबन्धन गर्ने बताए पनि शेखर कोइराला पक्षीय नेताहरूले कांग्रेस एक्लै लड्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ०१ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि