सिर्जना सिंह भन्छिन्- प्रकाशमानको श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएँ | Khabarhub Khabarhub

सिर्जना सिंह भन्छिन्- प्रकाशमानको श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएँ


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकाशमानको श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ ।’

महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ०४ बजे

कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान

धनगढी– कैलालीको खुटिया नदीमा पौडी खेल्न गएका चारजना साथीको एकै

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र