माओवादीको माग सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत « Khabarhub

माओवादीको माग सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आज सुचारु हुने भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटक-पटकको छलफलपछि समाधान भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो । आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत भएसँगै आज सदन सुचारु हुने बताएको छ । अहिले माओवादीको कर्णाली प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । हिजो भएको सहमतिबारे आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सचेतक कृष्ण शाहका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वका विधेयकको कुरामा मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको  छ।

आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्वमन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही र अम्मरबहादुर थापा सहभागी थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : २३ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण