अव्यवस्थित विद्युत् खम्बाहरूबाट दुर्घटनाको जोखिम   « Khabarhub

अव्यवस्थित विद्युत् खम्बाहरूबाट दुर्घटनाको जोखिम  


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा करिब ४५ प्रतिशत भूभागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । 

विद्युत् पुगे पनि विद्युत् पुर्‍याउने कार्य परिपक्क नहुँदा धेरै ठाउँमा दुर्घटनाको जोखिम बढेको छ । विद्युत् विस्तारका बखत ठेकेदारले पोलहरू राम्रोसँग नगाड्ने तथा तारहरू परिपक्क तवरले नतान्ने गरेका कारण यो समस्या देखिएको हो । 

विद्युत् विस्तारमा ठेकेदारले ठुलो लापरबाही गरेकाले दुर्घटनाको जोखिम बढेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताए । उनले भने, ‘विद्युतका खम्बाहरू ५ फिट बढी गाड्नुपर्नेमा सडक खनेको माटोमा दुई फिट मात्रै गाडेको छ । न सपोट तार परिपक्क तवरले हालेको छ, नत तारको जडान परिपक्क छ । जसले गर्दा ठाउँठाउँमा खम्बाहरू ढलेका छन् र तारहरू लथालिंग छन् ।’

मेलौलीमा मात्रै नभई सिगासका लागि लगिएको लाइन पनि जोखिमपूर्ण छ । सडक छेउमा गाडिएका अधिकांश खम्बाहरू ढलेका छन् । आधा ढलेका खम्बाहरूबाटै विद्युत् प्रसारण भइरहेको छ । खोड्पे–बिन्द्रावन सडकमा करिब एक दर्जन खम्बाहरू आधा ढलेर बाङ्गो भएका छन् भने सपोट तारहरू टुटिसकेकाले दुर्घटनाको जोखिम बढेको छ । 

मेलौली–पञ्चेश्वर लाइन विस्तारका लागि दुई वर्षअघि बझाङका ठेकेदार भानुभक्त जोशीको ठेक्का भएको थियो । उक्त ठेक्काको म्याद थप गर्दा पनि ठेकेदारले काम सम्पन्न नगर्दा विद्युत् सामग्रीसमेत सडक किनारमै अलपत्र छन् भने केही सामग्री हराइसकेका छन् । 

मेलौली–पञ्चेश्वर विद्युत् विस्तार गर्ने ठेकेदारले काम राम्रो नगरेकाले विद्युत् प्राधिकरण प्रदेश कार्यालयले पुनः ठेक्का आह्वान गरेको शाखा कार्यालय बैतडीका प्रमुख पवन भट्टले बताए । 

जिल्लाका अन्य ठाउँहरूमा विद्युत् सेवा अवरुद्ध भएको जानकारी पाएमा आफूहरूले बनाउने गरेको उनले बताए । ठेकेदारले विद्युत् विस्तारमा लापरबाही गरेमा कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ३६ बजे

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा