छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा। ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक धोबीघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्ड बि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा लु.१ ख ५९५२ नम्बरको बस आइतबार दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बस चालक सहित १६ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा ८ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सर्लाहीको धनकौल गाउँपालिका–२ नयाँ रोड मधुवनीस्थित सडकमा ना.७ त १७३५ नम्बरको ट्रयाक्टरले बिआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामनगर नगरपालिका–५ बस्ने २२ वर्षीय रमेश कुमार यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स संजिवनी अस्पताल बरहथवा हुँदै नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ०० बजे

बाबुरामले भने, हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५