पाकिस्तानमा गहुँको मूल्यमा भारी वृद्धि : एसियाली विकास बैंक « Khabarhub

पाकिस्तानमा गहुँको मूल्यमा भारी वृद्धि : एसियाली विकास बैंक


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आन्तरिक उत्पादनमा ह्रास र जनसंख्या वृद्धिसँगै माग बढेका कारण पाकिस्तानमा गहुँको मूल्यमा भारी वृद्धि भएको एसियाली विकास बैंकले जनाएको छ ।

मुलुकमा माग बढेको अवस्थामा विदेशबाट गहुँ आयात गर्न पाकिस्तानी ढुकुटीमा विदेशी मुद्राको सञ्चितीमाथि दबाब पैदा भएको बैंकको भनाइ छ ।

बैंकले हालै जारी गरेको प्रतिवेदनमा जनसङ्ख्या वृद्धि, सहरीकरण, औद्योगिकीकरणका कारण मुलुकमा खेतीयोग्य जमिन र पानीको स्रोतमा दबाब पैदा भएको उल्लेख छ ।

यसका कारण प्रतिव्यक्ति खेतियोग्य जमिन र सिँचाईका लागि आवश्यक पानी घट्दै गएको र अर्कोतर्फ खाना र औद्योगिक कच्चा पदार्थको माग भने बढेको बैंकले जनाएको छ ।

बैंकलाई उद्धृत गर्दै बिजनेश रिकर्डरले जनाएअनुसार मल, विषदी, कृषिजन्य मेसिनहरु र डिजेलजस्ता खेती गर्न आवश्यक वस्तुहरुमा चरम मूल्यवृद्धि भएको पाइएको छ ।

यसबाहेक चरम गर्मी, भारी वर्षा र बाढी पहिरोजस्ता कारणले पनि पाकिस्तानी किसानहरुलाई चिन्तित तुल्याएको बैंकको निष्कर्ष छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : २८ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा