कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा « Khabarhub

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।

राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो। राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन्।

बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो। जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो। अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो।

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताए। नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए।

“अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौँ, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ”, प्रमुख श्रेष्ठले भने। कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : १७ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क