देउवाले वाम गठबन्धन हुन दिँदैनन् | Khabarhub Khabarhub

देउवाले वाम गठबन्धन हुन दिँदैनन्


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदै छ। प्रधानमन्त्रीमा सहमतिका लागि दलहरु अन्तिम छलफलमा छन्। नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। कांग्रेस संसदीय दलमा गगन थापाको पराजयलाई कसरी हेर्ने ? सरकारको नेतृत्व र आगामी राजनीतिका सङ्केतहरू केके हुन सक्छन् ? यसै विषयमा आधारित भएर राजनीतिक विश्लेषक डा. केपी शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावमा भएको देउवाको निरन्तरता र गगनको पराजयलाई हामीले कसरी लिने ?
पहिलो कुरा त हामीले नेपाली कांग्रेस भित्र लोकतन्त्रको अभ्यास राम्रो भयो भन्ने बुझ्नु पर्दछ। गगनको पराजय र देउवाको विजयका सम्बन्धमा धेरै लामो व्याख्या गर्न सकिन्छ। तर एउटा सत्य हो गगन थापाले आफूलाई प्रधानमन्त्रीको लागि उम्मेदवारी घोषण गर्नु र पराजित हुनु स्वाभाविक देखिन्छ। किनभने एउटा प्रधानमन्त्रीको छनोटको लागि उम्मेदवारी दिएको मान्छेले बाटाबाटमा परिपक्व ढङ्गले निर्णय नगरी आफ्नै समूह भित्र पनि छलफल नगरी हिँड्नु हुँदैन। हामी एउटा सगरमाथाको चुचुरोमा चढ्नु छ भने त पाँचदेखि ६ महिनाको तालिम लिएर, शारीरिक रूपमा परीक्षण गरेर जान्छौँ भने देउवासँग प्रतिस्पर्धा गर्न जाने उहाँको तयारी पुगेन। लेनदेनको कुरामा अहिले देउवा सभापति र प्रधानमन्त्री भएको कारणले शक्ति र सत्ताको आम रूपमा प्रयोग गर्ने चान्स भयो। ती कुरा गगन थापासँग थिएनन्।

गगन थापाले आफ्नो तयारी नगरी साथीभाइसँग छलफल नगरी एक पक्षीय ढङ्गले तयारी गरेको हुनाले यसको अहमतालाई तोड्नु पर्छ। गगनको काम गर्ने शैली भएन भनेर उहाँहरूको बीचको साथीले नै विद्रोह गरेको देखिन्छ। गगनले सोचे जस्तो मत पाएनन्। युवाको मन जितेर मात्र संसदीय दलको चुनाव नचितिने कुरा गगनले अब बुझ्नुभयो होला। शेखर कोइरालाको समूहलाई सिद्धाउने र देउवाको समूहलाई बलियो बनाउने उद्देश्यको साथ काम गरेको समूहलाई टुक्राएर भविष्यमा पार्टीको महाधिवेशन हुँदा यता देउवाको समूहमा ल्याएर विलय गराउने लक्ष्य बोकेर काम गर्नेको पराजित भएको छ।

शेखर समूहबाट उम्मेदवार बनेका गगन थापाले जुन मत प्राप्त गरे यसले बढ्न भन्दा पनि घट्ने क्रममा गयो। किन होला ?
कसले मत दियो कसले दिएन भनेर गगन थापाले मान्छे खोज्न थाल्दा भोलि शेखर र गगन बीचमा खटपट हुनसक्छ। गगन थापाले ३०, ४० धेरै मत ल्याएको भए शेखर कोइरालालाई घाटा हुन सक्थ्यो। थापाले धेरै मत ल्याएको भए शेखर कोइरालालाई अस्वीकार गर्न सक्थे। त्यसैले गगनलाई पनि अहिले तिम्रो नेता चाहिँ शेखर नै हो भन्ने सन्देश दिएको छ। आउने पार्टी सभापतिको लागि शेखर कोइराला नै हुन् भन्ने छ। यसमा शेखर कोइरालाको अग्रता देख्छु म।

गगन थापाले सरकार गठन गर्ने वा सबै कुरामा पार्टीले बाहिर बसेर गरेको निर्णय मान्य हुने छैन भन्नु भएको छ त्यो के भनेको हो ?
उहाँले योग्यतापूर्ण निर्णय हुनु पर्दछ र हाम्रो शक्ति र समूहलाई पनि मान्यता दिनु पर्दछ भनेको हो। हिजो स्थानीय चुवानसम्म आउँदा शेरबहादुरले शेखर समूहलाई पेलेको थियो। हिजोसम्म गगन थापाको भूमिका परिपक्व थिएन, कि देउवासँग पो मिल्ने हो कि भन्ने थियो। तर अब देउवाविरुद्ध लडेको देख्दा शेखर समूह थप बलियो भयो।

गगनको ठाउँमा शेखर कोइराला संसदीय दलको नेताको चुनावमा उठेको भए मत बढ्थ्यो?
हो, कांग्रेस भित्र परिपक्वतालाई,उच्च व्यक्तिलाई मान्ने ट्रेन्ड देखियो। सानोलाई किन माथि उकास्ने भन्ने देखियो।

गगन हार्नु भनेको शेखर हार्नु हैन र ?
समूहको हिसाबले हो तर यसमा लामो समयको हिसाबले र राजनीतिक रूपमा अगाडि लैजान भनेको शेखरजी हो। तुरुन्त रूपमा चुनाव हार्दै गर्दा लामो समयमा हार्दै गरेको हुन्छ नेताले। अहिले राजनीतिक रूपमा हारे पनि दुर्गामी रूपमा जित भएको छ। त्यसैले शेखरजी अभिभावकत्व निभाउन सक्ने क्षमता रहेछ है र अहिले यसले युवालाई पनि ठाउँ र अवसर दिने रहेछ है भन्ने सबै मान्छेमा सन्देश आयो। जसले युवालाई मिलाएर लाग्यो उ अगाडि बढ्छ र मलाई लाग्छ अब आउने पार्टी अधिवेशनमा शेखरजी अगाडि हुनुहुनेछ।

यो समीकरणले अब कस्तो काम गर्ला, देउवाले जसलाई आश्वासन दिएर मत पाएका छन् त्यो पुरा भएन भने के होला ?
देउवाले जसलाई आश्वासन दिएर मत पाएका छन् त्यो पुरा हुन सक्दैन। किनभने यो गठबन्धनमा जेलिएको छ र धेरै पाए १० वटा मन्त्रालय पाउला। त्यस कारण देउवा समूहमा दरार आउन सक्छ र त्यसको फाइदा शेखर समूहले लिन्छ। अब, देउवामा क्राइसिस आउनसक्छ किनभने देउवा पछिको जिम्मेवारी लिने मान्छे छैन त्यसैले उहाँको मत घट्नसक्छ। देउवामा परिवारवाद हाबी भयो।

अबको संसदीय दलको निर्वाचनले सरकार बन्ने गाँठो फुकायो त ?
गगनको पराजय र देउवाको विजयले अब बन्ने सरकार गठबन्धनको नै नेतृत्वमा बन्छ। किनभने, यो गठबन्धन देउवा र प्रचण्डले चलाएका छन्। गगनले जितेको भए के गर्ने कसरी जाने भन्ने थाहा थिएन। अब गठबन्धनको सरकार बनाउने क्रममा पहिला जसले नेतृत्व गर्दा पनि हुन्छ। देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि वाम गठबन्धन हुन दिँदैनन्।

कांग्रेसले राष्ट्रपति प्रधानमन्त्री माओवादीलाई दिने हो भने नेकपा यसलाई के दिने त ?
यसले देउवालाई गुन लगाएको छ उसलाई उप सभामुखसम्म दिने योजना होला। यो गठबन्धन आलोपालो चल्नुपर्छ।

(एभिन्युजसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतले तयार गरेको अन्तरवार्ता) 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : १२ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१