कोरोना न्यूनीकरणका लागि जनचेतनासहित मास्क वितरण « Khabarhub

कोरोना न्यूनीकरणका लागि जनचेतनासहित मास्क वितरण


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीले बुधबार २ सय ५० वटा मास्क वितरण गरेको छ ।

विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चौकमा बढ्दो कोरोना भाइरस न्यूनीकरणका लागि मास्क नलगाएका स्थानीय सर्वसाधारणलाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उक्त वडाका वडा अध्यक्ष, स्थानीय सर्वसाधारणको उपस्थितिमा मास्कको महत्त्वको विषयमा जनचेतना फैलाउँदै मास्क वितरण गरेको काफ्लेको भनाई छ ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका इलाका प्रहरी कार्यालयले जिल्लाको विभिन्न ठाउँमा सर्वसाधारणलाई मास्कको महत्त्वको विषयमा जनचेतना सहित मास्क वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : २० बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।