बागमतीमा गठबन्धनका उम्मेदवार विजयी « Khabarhub

बागमतीमा गठबन्धनका उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय सभा सदस्य अन्तर्गत दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ ।

गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

बुधबार सम्पन्न चुनावमा तिमल्सिनाले स्थानीय तहतर्फबाट ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरिन् भने पौडेलले स्थानीयतहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् ।

यस्तै, तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २७३६ मतभार गरी कुल ४८२४,पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, एमालेबाट महिलातर्फका उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार पाएकी छिन् ।

कुँवरले जम्मा ४३६२ मतभार प्राप्त गरिन् । एमालेबाटै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ उनले ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार मात्र पाइन् ।

प्रदेश र स्थानीय तह दुवैतर्फबाट काफ्लेको कुल ८४ मतभार प्राप्त भयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरे । उनको कुल मतभार ८४ हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा भएको भएको चुनावमा ३ सय ४३ मत खसेको थियो । चुनावमा बागमती प्रदेशसभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका थिए ।

यस्तै, स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ५६ बजे

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४