सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु « Khabarhub

सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ ।

सेनाले फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाउँदैछ । निःशुल्क प्रवेशको सुविधा रहेको सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मी कुराकानी गर्दै गैरसैनिक नागरिक र विद्यार्थीलाई नेपाली सेनाको सङ्गठन, जिम्मेवारी, उपकरण, सैनिक नागरिक सम्बन्ध लगायतका विषयमा जानकारी लिने सन्दर्भमा निकै ज्ञानवद्र्धक रहने विश्वास व्यक्त गरे । उनले भने, “नेपाली जनतालाई सेनाको गौरवमय इतिहास र वर्तमानबारे एकै स्थानबाट थाहा पाउन सजिलो होस् भन्ने हेतुले प्रदर्शनी आयोजनाको छ ।”

प्रधानसेनापति शर्माले सैनिक नागरिकको सम्बन्ध, नागरिकले सेनालाई सहयोग पु¥याउन सक्ने क्षेत्र र विषय, विपद्का बेला उपकरणको उचित प्रयोगबारे जानकारी दिने उद्देश्य रहेको प्रदर्शनी अवलोकनबाट बहुपक्षीय फाइदा लिन सकिने उल्लेख गरे । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सेनाबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई बुझ्न सहयोग मात्र होइन, सैनिक इतिहास बुझ्न सबैका लागि ज्ञानवद्र्धक हुने विश्वास व्यक्त गरे।

उनले भने, “सेनाले जिम्मेवारी निर्वाहका क्रममा विगतदेखि वर्तमानसम्म गरेको उल्लेखनीय कार्यलाई चित्रित गर्ने उद्देश्यले तस्बिर, हातहतियार, पोसाक, संलग्न भएका गतिविधि र आयामलाई प्रदर्शनीमा समेटिएको छ । प्रदर्शनीले सेनालाई नजिकबाट चिन्न सक्ने र सैनिक नागरिक सम्बन्ध विस्तारमा यो प्रदर्शनीले थप योगदान पु-याउने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ३१ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान