सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद | Khabarhub Khabarhub

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेकपा एमाले महोत्तरीमा सांगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ ।

विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरूमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।

टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी वर्दिबास बजारमा निक्कै गर्मागर्मा बढेको छ ।
केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुन सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा थियो । त्यसकोलगत्तै प्रदेश कमिटी सदस्य तथा बर्दिबासका स्थानीय नेता रुपेश कार्कीले आक्रोशसहित विज्ञप्ती निकाल्दै चर्चामा आएका नामप्रति असन्तुष्टि जनाएका थिए ।

उनले विज्ञप्तीमार्फत माओवादी केन्द्रवाट एमालेमा गएका टेकबहादुर बलाम्पाकीले नै टिकट पाउनुपर्ने यदि नपाएमा आफूले समेत नगरप्रमुखको लागि दावी गर्ने जिकिर गरेका छन् ।

नेता कार्कीले टेकबहादुर बलाम्पाकीको पक्षमा लबिङ्ग गर्दै उनी टिकटको लायक भएको दावी गरे । संगठनिक विवाद उत्कर्षमा रहेको बेला नेकपा एमालेका नेताहरूले यसलाई गम्भीर रुपमा लिएका छ ।

जिल्लास्तरीय नेताहरूले टिकटलाई लिएर सुरु गरेको कलहले पार्टीमा फाइदा नगर्ने प्रतिक्रिया दिएका छन् ।

आफूलाई चर्चामा ल्याउन कसैले पनि मिडियाबाजी गर्न नहुने उनीहरूको सुझाव छ । केन्द्रीय सदस्य तथा महोत्तरीका स–इन्चार्ज सरोज यादवले कार्कीको विज्ञप्तीलाई लिएर आपत्ती जनाएका छन् । ‘आकांक्षा राख्न जो कोहीले पाइन्छ तर विज्ञप्तीनै निकालेर मेयरको टिकटको लागी दावी गर्नु नियमविपरित हुन्छ ।’ उनले भने ।

विवादका कै कारण एमाले महोत्तरीको अधिवेशन हुन सकेको छैन । नेताहरूबीचमा देखिएको मत विभाजनले निर्धारित समयमा अधिबेशन हुन नसक्दा पटकपटक स्थगित बन्दै आएको छ ।

तर, एकपक्षले यहाँ अधिवेशन सम्पन्न भइ सपथ समेत खुवाइसकिएको दावी गरेका छन भने अर्काे पक्ष त्यसकोविरुद्ध पटकपटक केन्द्रमा डेलिगेसन गएको छ ।

नेकपा एमालेभित्र देखिएको भाडभैलोलाई नेकपा एसले भने अवसरको रुपमा लिएको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका नेता सुरेश राउत अधिबेशन समपन्न भए पनि त्यसपछि आफ्नो पार्टीमा ठूलो समूह आउने दावी गर्छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ५५ बजे

पूर्वराजा ज्ञानेन्द्रप्रति कांग्रेस पनि आक्रामक

काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व

युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम 

काठमाडौं– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता

अर्थसंक्षेप : अर्थतन्त्रको बाह्य पक्ष ठिकठाक, निरन्तर ओरालो नेप्से र सात फाइनान्स कम्पनी घाटामा

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको बाह्य अवस्था

‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !

काठमाडौं– करिब एक महिनासम्म पोखरामा बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार