सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद « Khabarhub

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेकपा एमाले महोत्तरीमा सांगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ ।

विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरूमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।

टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी वर्दिबास बजारमा निक्कै गर्मागर्मा बढेको छ ।
केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुन सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा थियो । त्यसकोलगत्तै प्रदेश कमिटी सदस्य तथा बर्दिबासका स्थानीय नेता रुपेश कार्कीले आक्रोशसहित विज्ञप्ती निकाल्दै चर्चामा आएका नामप्रति असन्तुष्टि जनाएका थिए ।

उनले विज्ञप्तीमार्फत माओवादी केन्द्रवाट एमालेमा गएका टेकबहादुर बलाम्पाकीले नै टिकट पाउनुपर्ने यदि नपाएमा आफूले समेत नगरप्रमुखको लागि दावी गर्ने जिकिर गरेका छन् ।

नेता कार्कीले टेकबहादुर बलाम्पाकीको पक्षमा लबिङ्ग गर्दै उनी टिकटको लायक भएको दावी गरे । संगठनिक विवाद उत्कर्षमा रहेको बेला नेकपा एमालेका नेताहरूले यसलाई गम्भीर रुपमा लिएका छ ।

जिल्लास्तरीय नेताहरूले टिकटलाई लिएर सुरु गरेको कलहले पार्टीमा फाइदा नगर्ने प्रतिक्रिया दिएका छन् ।

आफूलाई चर्चामा ल्याउन कसैले पनि मिडियाबाजी गर्न नहुने उनीहरूको सुझाव छ । केन्द्रीय सदस्य तथा महोत्तरीका स–इन्चार्ज सरोज यादवले कार्कीको विज्ञप्तीलाई लिएर आपत्ती जनाएका छन् । ‘आकांक्षा राख्न जो कोहीले पाइन्छ तर विज्ञप्तीनै निकालेर मेयरको टिकटको लागी दावी गर्नु नियमविपरित हुन्छ ।’ उनले भने ।

विवादका कै कारण एमाले महोत्तरीको अधिवेशन हुन सकेको छैन । नेताहरूबीचमा देखिएको मत विभाजनले निर्धारित समयमा अधिबेशन हुन नसक्दा पटकपटक स्थगित बन्दै आएको छ ।

तर, एकपक्षले यहाँ अधिवेशन सम्पन्न भइ सपथ समेत खुवाइसकिएको दावी गरेका छन भने अर्काे पक्ष त्यसकोविरुद्ध पटकपटक केन्द्रमा डेलिगेसन गएको छ ।

नेकपा एमालेभित्र देखिएको भाडभैलोलाई नेकपा एसले भने अवसरको रुपमा लिएको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका नेता सुरेश राउत अधिबेशन समपन्न भए पनि त्यसपछि आफ्नो पार्टीमा ठूलो समूह आउने दावी गर्छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ५५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर