सीमानाकाकाे चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन « Khabarhub

सीमानाकाकाे चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि विभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको समिति बैठकले चोरी–पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर ती स्थानमा कडाइ गर्ने निर्णय गरेको छ ।

चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमानाकाबाट हुन सक्ने चोरी–पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गरिएको छ ।

‘राजश्व अनुसन्धान कार्यालयले सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप बिस्तार गर्ने छ’, समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

सिद्धार्थनगरको पक्लिहवास्थित दशगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपालतर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकाले उक्त स्थानबाट भारततर्फ आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने जनाइएको छ । उक्त क्षेत्रबाट हुन सक्ने चोरी पैठारी नियन्त्रण गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

बैठकमा भन्सार कार्यालय, सुरक्षा निकायका प्रमुख, आन्तरिक राजश्व कार्यालय भैरहवा,बुटवल, राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान लगायतका निकायको प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ०० बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि