सीमानाकाकाे चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन « Khabarhub

सीमानाकाकाे चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि विभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको समिति बैठकले चोरी–पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर ती स्थानमा कडाइ गर्ने निर्णय गरेको छ ।

चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमानाकाबाट हुन सक्ने चोरी–पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गरिएको छ ।

‘राजश्व अनुसन्धान कार्यालयले सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप बिस्तार गर्ने छ’, समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

सिद्धार्थनगरको पक्लिहवास्थित दशगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपालतर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकाले उक्त स्थानबाट भारततर्फ आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने जनाइएको छ । उक्त क्षेत्रबाट हुन सक्ने चोरी पैठारी नियन्त्रण गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

बैठकमा भन्सार कार्यालय, सुरक्षा निकायका प्रमुख, आन्तरिक राजश्व कार्यालय भैरहवा,बुटवल, राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान लगायतका निकायको प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १२ : ०० बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी