शाखा प्रमुखको जागिर छोडेर फूल खेती « Khabarhub

शाखा प्रमुखको जागिर छोडेर फूल खेती


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेंसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर उनी फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् ।

नर्सरीबाट बाह्रमासे दुई सयभन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री हुनेको छ ।

बेंसीशहर नगरपालिका २ बोहोराबेसीमा पुष्प व्यवसाय गर्दै आएकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई हुन्छ । ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्‍यो समय बितेको पत्तै हुँदैन । हुमा ५ वर्षदेखि नर्सरी व्यवसायमा रमाएकी छिन् ।

जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रूपमा चिनाएकी छन् । गुरुङले बेंसीशहर–२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । गुरुङले एक रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् । ५ रोपनी जग्गामा विभिन्न जातका फूल र अन्य जातका बिरुवाहरू रोपेकी छन् ।

फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन्, ‘ऋणधन गरेर लगानी गरे पनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्टी मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ ।’ फूलको बिरुवा व्यवसायमा हुमाले दुई जनालाई रोजगारसमेत दिएकी छन् ।

तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट हुमाले यसवर्ष ६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् ।

‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेको थिएँ’ उनले भनिन्, ‘तीन वर्षबाट व्यावसायिक रूपमै खेती सुरु गरेको हुँ ।’ उनले फूलखेतीका लागि ठूलो मेहनत पनि आवश्यक नरहेको बताइन् ।

नर्सरीबाट तिहारका लागि एक लाख बढीको फूल बिक्री गर्ने उनले बताइन् । हुमाले एक रोपनी जग्गा भाडामा लिएर सयपत्री खेती गरेकी छन् ।

आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यावसायमा अझ उत्साहित बनाएको छ ।’

‘सार्वजनिक कार्यक्रममा खादा भन्दा मालाको माग बढ्दो छ’ हुमाले भनिन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्‍याउनै सकेको छैन ।’

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

मेसी–एम्बाप्पेको चमकमाझ सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक