इण्डोनेशियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो « Khabarhub

इण्डोनेशियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा बढी घाइते भएका छन् । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु-याएको छ । त्यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारी अनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको र यसबाट ठूलो भौतिक सम्पत्तिमा क्षति पुगेको बताएको छ ।

आठ हजार जनाभन्दा बढी नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ५० ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ । उद्धारकर्मीहरु भूकम्पको भग्नावशेषमा मानिसहरु पुरिएको आशंकामा उद्धारका लागि खटिरहेका छन् ।

क्षतिको पूर्ण विवरण आइपुगेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ४० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा