सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोज्याे: एमाले « Khabarhub

सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोज्याे: एमाले


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौँमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाउदै निर्वाचनलाई प्रभावित पार्ने काम भएको निष्कर्ष निकालेको हो ।

बैठकले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोगको भूमिका अनुचित देखिएको भन्दै मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्चाउन माग गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले महाकाली नदीमा भारतले एकतर्फी निर्माण गरिरहँदा सरकार मौन बसेका भन्दै आपत्ति जनाएको उनले बताए । बैठकले स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो । आयोगले दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदा पुग्ने गरी मतपत्रको रंग बदल्ने, मनोनयन दर्ताको समय दुई दिन दिनेजस्ता निर्णय गरेको उनले बताए ।

अहिले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको उनको आरोप छ ।एमालेले केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरूले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णय गरेको छ । एमालेले वैशाख ९ गते अन्तिम प्रतिबद्धता पत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ४८ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले