डुबेर तीन जनाको मृत्यु  « Khabarhub

डुबेर तीन जनाको मृत्यु 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोट, दैलेख र बर्दियामा डुबेर तीन जनाको मृत्यु भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ बस्ने सोही वडाकी वडा सदस्य ५५ वर्षीया सुकुमै तामाङको डुबेर मृत्यु भएको छ । 

सोही नगरपालिका–१० द्वारिका टहरेस्थित बेलकोट खोलाले बगाउँदा मंगलबार दिउँसो उनको मृत्यु भएको हो । खोला तर्ने क्रममा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलबाट एक किलोमिटर टाढा शव फेला परेको थियो । दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ मटेला बस्ने ३० वर्षीय कृत बहादुर शाहीको खोलाले बगाउँदा मंगलबार दिउँसो मृत्यु भएको छ ।  

प्रहरी चौकी ठाटिकाधँ, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिन्द्रासैनी नगरपालिका–८ स्थित खोलाको छेउमा उनको शव फेला पारेको हो । बर्दियाको बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ११ वर्षीय गणेश कामीको सोही ठाउँस्थित कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय बनियाभार र प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ५४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा