डुबेर तीन जनाको मृत्यु  « Khabarhub

डुबेर तीन जनाको मृत्यु 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोट, दैलेख र बर्दियामा डुबेर तीन जनाको मृत्यु भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ बस्ने सोही वडाकी वडा सदस्य ५५ वर्षीया सुकुमै तामाङको डुबेर मृत्यु भएको छ । 

सोही नगरपालिका–१० द्वारिका टहरेस्थित बेलकोट खोलाले बगाउँदा मंगलबार दिउँसो उनको मृत्यु भएको हो । खोला तर्ने क्रममा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलबाट एक किलोमिटर टाढा शव फेला परेको थियो । दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ मटेला बस्ने ३० वर्षीय कृत बहादुर शाहीको खोलाले बगाउँदा मंगलबार दिउँसो मृत्यु भएको छ ।  

प्रहरी चौकी ठाटिकाधँ, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिन्द्रासैनी नगरपालिका–८ स्थित खोलाको छेउमा उनको शव फेला पारेको हो । बर्दियाको बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ११ वर्षीय गणेश कामीको सोही ठाउँस्थित कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय बनियाभार र प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ५४ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि