महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै « Khabarhub

महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।

गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ ।

गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार सबैभन्दा बढी चुहावट यही क्षेत्रमा भइरहेको छ । विशेषगरी गौशालाको पर्सा, मगरथाना, खेस्राहा, बिजलपुरा, हात्तिलेट जस्ता ठाउँमा ठूलो मात्रामा चोरी हुने गरेको पाइएको छ ।

प्राधिकरणमा चुहावटका अत्यधिक सूचना आउन थालेपछि नेपाल प्रहरीको सहयोगमा अहिले रात्रिकालीन अप्रेसनसमेत सुरुवात गरिएको प्राधिकरणले जानकारी दियो ।

गौशाला वितरण केन्द्रका अनुसार पछिल्लो १ हप्तामा १५ भन्दा बढी विद्युत् चोरी गरेर सञ्चालन गरिरहेको मेसिन नियन्त्रणमा लिइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा विद्युत् चुहावटको दर निक्कै उच्च थियो । वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार अघिल्लो वर्ष ३२ प्रतिशत चुहावट भएको थियो भने यो वर्ष यसलाई घटाएर २८.८५ प्रतिशतमा झारिएको छ ।

विद्युत् आउने,जाने समस्या खेपिरहेका सेवाग्राहीहरू यसबाट छिट्टै मुक्त हुने प्रमुख मिश्रको दाबी छ । एक वर्षदेखि चुहावटका समस्यालाई पहिचान गरी गहिराइमा पुग्ने प्रयास गरिरहेको उनले जानकारी दिए । यो वर्षमात्र विद्युत् चोरी गर्नेलाई लिएको जरिवानास्वरुप २५ लाख राजस्व उठेको छ ।

प्राधिकरणले चोरी गर्नेलाई निगरानी बढाएपछि सो कार्यमा संलग्न १२६ जनालाई पक्राउ गरेको छ भने २ सय भन्दा बढी उपकरण र मेसिन जफत गरिएको छ ।

कम भोल्टेज आउने, लाइनमा उतारचढाव आइराख्ने जस्ता समस्याले जिल्लाका व्यापारिक सहरमा व्यापारी प्रताडित बन्दै आएका छन् ।

कतिपयले प्राधिकरण र ब्याट्री, युपिएस, जेनेरेटर व्यापार गर्ने व्यापारीहरूको मिलेमतोमा नै लाइन काटिरहने समस्या बनेको स्थानीयको आरोप छ ।

के भन्छन् स्थानीय ?

ब्यापारीमात्र हैन लाइनमा आइरहने अवरोधले स्थानीयसमेत आजित बनेका छन् । स्थानीयहरूले प्राधिकरणप्रति आक्रोश व्यक्त गर्दै अघोषित लोडसेडिङको जिम्मेवारी लिनुपर्ने बताए ।

‘लाइन काट्ने समस्या प्राविधिक समस्या हो कि योजनामुताबिक नै काटिएको त्यसको प्रस्टीकरण प्राधिकरणले सेवाग्राहीलाई दिनुपर्छ,’ स्थानीय रामनाथले भने ।

विशेषगरी युपिएस तथा ब्याकअप नराख्ने आइटी सम्बन्धित व्यापारीलाई लाइन आउने र जाने समस्याले निक्कै समस्या बन्दै आएको छ ।

‘लोडसेडिङ छैन र हुँदैन भनेर ब्याकअप राखिएन । झ्याप-झ्याप लाइन जाने समस्याले मेरो कम्प्युटर नै बिग्रिसक्यो, काम समयमा दिन सकिएको पनि छैन,’ बर्दिबास कि सविता भण्डारीले भनिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : २० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा