महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै | Khabarhub Khabarhub

महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।

गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ ।

गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार सबैभन्दा बढी चुहावट यही क्षेत्रमा भइरहेको छ । विशेषगरी गौशालाको पर्सा, मगरथाना, खेस्राहा, बिजलपुरा, हात्तिलेट जस्ता ठाउँमा ठूलो मात्रामा चोरी हुने गरेको पाइएको छ ।

प्राधिकरणमा चुहावटका अत्यधिक सूचना आउन थालेपछि नेपाल प्रहरीको सहयोगमा अहिले रात्रिकालीन अप्रेसनसमेत सुरुवात गरिएको प्राधिकरणले जानकारी दियो ।

गौशाला वितरण केन्द्रका अनुसार पछिल्लो १ हप्तामा १५ भन्दा बढी विद्युत् चोरी गरेर सञ्चालन गरिरहेको मेसिन नियन्त्रणमा लिइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा विद्युत् चुहावटको दर निक्कै उच्च थियो । वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार अघिल्लो वर्ष ३२ प्रतिशत चुहावट भएको थियो भने यो वर्ष यसलाई घटाएर २८.८५ प्रतिशतमा झारिएको छ ।

विद्युत् आउने,जाने समस्या खेपिरहेका सेवाग्राहीहरू यसबाट छिट्टै मुक्त हुने प्रमुख मिश्रको दाबी छ । एक वर्षदेखि चुहावटका समस्यालाई पहिचान गरी गहिराइमा पुग्ने प्रयास गरिरहेको उनले जानकारी दिए । यो वर्षमात्र विद्युत् चोरी गर्नेलाई लिएको जरिवानास्वरुप २५ लाख राजस्व उठेको छ ।

प्राधिकरणले चोरी गर्नेलाई निगरानी बढाएपछि सो कार्यमा संलग्न १२६ जनालाई पक्राउ गरेको छ भने २ सय भन्दा बढी उपकरण र मेसिन जफत गरिएको छ ।

कम भोल्टेज आउने, लाइनमा उतारचढाव आइराख्ने जस्ता समस्याले जिल्लाका व्यापारिक सहरमा व्यापारी प्रताडित बन्दै आएका छन् ।

कतिपयले प्राधिकरण र ब्याट्री, युपिएस, जेनेरेटर व्यापार गर्ने व्यापारीहरूको मिलेमतोमा नै लाइन काटिरहने समस्या बनेको स्थानीयको आरोप छ ।

के भन्छन् स्थानीय ?

ब्यापारीमात्र हैन लाइनमा आइरहने अवरोधले स्थानीयसमेत आजित बनेका छन् । स्थानीयहरूले प्राधिकरणप्रति आक्रोश व्यक्त गर्दै अघोषित लोडसेडिङको जिम्मेवारी लिनुपर्ने बताए ।

‘लाइन काट्ने समस्या प्राविधिक समस्या हो कि योजनामुताबिक नै काटिएको त्यसको प्रस्टीकरण प्राधिकरणले सेवाग्राहीलाई दिनुपर्छ,’ स्थानीय रामनाथले भने ।

विशेषगरी युपिएस तथा ब्याकअप नराख्ने आइटी सम्बन्धित व्यापारीलाई लाइन आउने र जाने समस्याले निक्कै समस्या बन्दै आएको छ ।

‘लोडसेडिङ छैन र हुँदैन भनेर ब्याकअप राखिएन । झ्याप-झ्याप लाइन जाने समस्याले मेरो कम्प्युटर नै बिग्रिसक्यो, काम समयमा दिन सकिएको पनि छैन,’ बर्दिबास कि सविता भण्डारीले भनिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : २० बजे

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा