राष्ट्रिय हितमा आघात पुग्नेगरी शर्त स्वीकार हुन सक्दैन : माधव नेपाल | Khabarhub Khabarhub

राष्ट्रिय हितमा आघात पुग्नेगरी शर्त स्वीकार हुन सक्दैन : माधव नेपाल


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्।

उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडि बढौँ। हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठीक हो। व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठीक हो। नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरूमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ। अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन।’

आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नहुने उनको भनाइ छ।

 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ०६ बजे

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी