त्रिशूली अस्पतालमा डायलासिस सेवा सुरु « Khabarhub

त्रिशूली अस्पतालमा डायलासिस सेवा सुरु


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको त्रिशूली अस्पतालले ५८औँ वार्षिकोत्सवको अवसरसँगै डायलासिस सेवा सुरु गरेको छ । त्रिशूली अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय तथा प्रभावकारी बनाउने क्रममा डायलासिस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइयो । अस्पतालले प्रवाह गर्ने सेवा विस्तारको क्रममा उक्त सेवाको सुरुआत भएको घोषणा गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरीले अस्पतालले बनाएको छवी कायम राख्दै विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाव दिए ।

त्रिशूली अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणको लागी काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार मिर्गौलाले सामान्यरूपमा काम नगरेको व्यक्तिको रगत शुद्ध बनाउने सेवा त्रिशूली अस्पतालमा सुरु गरिएको हो । नुवाकोटसहित रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा दिँदै आएको त्रिशूली अस्पताल ५० शय्याको भए पनि हाल १०० शय्यामा स्तरोन्नतिको लागि प्रयास भइरहेकाले कार्यान्वयन गराउन सबै पक्षबाट सहयोग हुनुपर्ने अस्पतालका मेसु डा पाण्डेले बताए ।

‘अस्पतालमा ५९ जनाको स्थायी दरबन्दी भए पनि हाल २८ जना कार्यरत रहेका छन्’, उनले भने, ‘सेवा नियमित राख्न एक सय ४० स्वास्थ्यकर्मी–कर्मचारी विभिन्न स्रोतबाट अस्पतालले व्यवस्थापन गरेको छ ।’

गत आवमा अस्पतालले सात सय ५३ लाई ठूलो शल्यक्रिया र पाँच हजार एक सय तीनलाई सानो शल्यक्रिया सेवा उपलब्ध गराएको वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइएको छ । अस्पतालका अध्यक्ष राजु पण्डितका अनुसार एक वर्षमा बहिरङ्ग सेवामार्फत ६५ हजार एक सय २० लाई सेवा दिइएकोमा चालु आर्थिक वर्षमा सेवा प्रवाहमा गरिएको विस्तारले एक लाख बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।

‘न्यूनतम सेवा मापदण्डमा देशभरका सरकारी अस्पतालमध्ये आव २०७७/०७८ मा ८३ अङ्क ल्याएकोमा गत आव २०७८÷०७९ मा ९४ अङ्कको साथ उत्कृष्ट अस्पताल घोषित भएको थियो । अस्पतालले हासिल गरेको सेवाको गुणस्तर जोगाउनु नै अस्पतालको लक्ष्य छ’, अध्यक्ष पण्डितले भने।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ०२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा