गिरिराजमणि पोखरेलाई पराजित गर्दै एमालेका महतो बने सांसद « Khabarhub

गिरिराजमणि पोखरेलाई पराजित गर्दै एमालेका महतो बने सांसद


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी–१ मा नेकपा एमालेका लझ्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै संघीय सांसदमा विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त भएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : २१ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको