जनकपुरधाममा चुरे तथा वन जङ्गल संरक्षण अभियानीको प्रदर्शन « Khabarhub

जनकपुरधाममा चुरे तथा वन जङ्गल संरक्षण अभियानीको प्रदर्शन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरूले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार अभियानीहरूले विगतका सहमति कार्यान्वयनका साथै दलित भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

मधेश भवन अगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिइएपछि केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो ।

त्यसक्रममा प्रहरीले ३९ जना अभियानीलाई पक्राउ पनि गरेको थियो । उनीहरूलाई केही घण्टापछि रिहा गरिएको थियो ।

अभियानले दलित भूमिहीन सुकुम्बासीहरूको न्याय र चुरे वन जङ्गल संरक्षण सम्बर्द्धन तथा राष्ट्रको सार्वजनिक सम्पत्ति, धार्मिक क्षेत्र, प्राकृतिक सम्पदा जोगाउनका निम्ति र भू माफियाको विरोधमा आन्दोलन गर्दै आएको छ ।

यसअघि भएका आन्दोलनका क्रममा मधेश प्रदेश सरकारले गरेका प्रतिबद्धताहरू पूरा नगरेको उनीहरूको आरोप छ ।

उनीहरूले सुकुम्बासी समस्या समाधान हुनुपर्ने, विभिन्न ठाउँमा हुँदै आएको वनजङ्गल फडानी रोक्नुपर्ने, सिरहास्थित मारुती सिमेन्टले कब्जाको वन क्षेत्र फिर्ता हुनुपर्ने, सिरहा डिभिजन वन कार्यालय प्रमुखमाथि कारबाही गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।

उनीहरूले प्रदेश सरकारले आफूहरूका माग सम्बोधन नगरी भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको पनि आरोप लगाएका छन् ।

प्रदर्शनमा अभियानका केन्द्रीय संयोजक सुनिलकुमार यादव, प्रदेश संयोजक अमन यादव, धनुषा जिल्ला संयोजक रामएकबाल यादव, जिल्ला सहसंयोजक बन्दना देवी, लक्ष्मण दासलगायत सहभागी थिए ।

अभियानीहरूले चुरे तथा वन जङ्गल संरक्षण र सम्बर्द्धनका लागि भन्दै विभिन्न स्थानमा खबरदारी कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : ४७ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर