तनहुँका जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण « Khabarhub

तनहुँका जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नुपर्ने कानुनी प्रावधान भए पनि उनीहरूले हालसम्म विवरण बुझाएका छैनन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट एक हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म चार सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने एक हजार दुई सय छत्तीसले अझै बुझाएका छैनन् ।

कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडा सदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अधिकांश निर्वाचित उम्मेदवारले नै खर्चको विवरण बुझाउन अटेर गर्दै आएको पाइएको छ । आँबुखैरेनी गाउँपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गर्दै आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले खर्चको विवरण बुझाउने उम्मेदवारको तथ्याङ्क पठाउन पटक–पटक ताकेता गरेपछि प्राप्त भएकाको मात्रै तथ्याङ्क पठाइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : १५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा