विभिन्न स्थानमा तीन जनाको शव फेला  « Khabarhub

विभिन्न स्थानमा तीन जनाको शव फेला 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर, सिरहा र संखुवासभामा तीन जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एक जना मृत अवस्थामा भेटिएको छन् । 

उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ रहेको प्रहरीले जनाएको छ । सोही गोठको  भर्‍याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए । 

सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया विमला देवी यादव आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । संखुवासभाको खाँदबारी  नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ३७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा