गण्डकीमा प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित | Khabarhub Khabarhub

गण्डकीमा प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ ।

बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

संशोधन मस्यौदामा समितिको बैठकमा मन्त्रीको मताधिकार रहने सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एमाले)ले फरक मत राखेको थियो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मन्त्रीको मताधिकारका कारण समितिको बैठक प्रभावित हुने गरेको बताए ।

यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उनले बताए । मन्त्रालयको नाम, नक्सालगायतका विषयमा विवाद नरहेको उनले स्पष्ट पारे ।

चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए। आजको बैठकको शुन्य तथा विशेष समयमा आशा कोइराला, राजीव पहारी, विष्णुप्रसाद लामिछाने, मायानाथ अधिकारी, ओमकला गौतम, मीना गुरुङ, मनकुमारी गुरुङ, हरिबहादुर चुमानलगायतले बढ्दो महँगी, बाढी पहिरोलगायतका विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ४६ बजे

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्