विश्व इतिहासमा आज : लुथरको प्रसिद्ध भाषणदेखि टोयोटा मोटरको स्थापनासम्म « Khabarhub

विश्व इतिहासमा आज : लुथरको प्रसिद्ध भाषणदेखि टोयोटा मोटरको स्थापनासम्म


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १२ गते आइतबार । सन् २०२२ को अगस्ट २८ तारिख । आजको दिन इतिहासमा भएका मुख्य केही घटनाक्रम यस्ता छन् : 

सन् २०१२ अगस्ट २८ मा अमेरिकी रिपब्लिकन अधिवेशनले मिट रोमनीलाई पार्टीको राष्ट्रपति उम्मेदवारमा चयन गरेको थियो ।

सन् २००५ अगस्ट २८ मा क्याट्रिना नामक तुफान श्रेणी-५ को शक्तिमा पुग्यो । न्यूओलियन्समा लुइसियाना सुपरडोमलाई ‘अन्तिम उपायको शरण’ को रुपमा खुल्ला गरिएको थियो ।

सन् २००३ अगस्ट २८ मा इङ्ल्याण्डको दक्षिणपूर्वी क्षेत्रमा ‘पावर ब्ल्याक आउट’ हुँदा ५ लाख मानिसलाई असर पुर्‍याएको थियो । साथै लन्डनको कूल भूमिगत रेलको ६० प्रतिशत रेल रोकिएका थिए ।

सन् १९९३ अगस्ट २८ मा चीनको उत्तरपश्चिमी क्षेत्र चिनहुवानमा ड्याम भत्किँदा २ सय २३ जनाको मृत्यु भएको थियो ।

सन् १९८३ अगस्ट २८ मा इजरायली प्रधानमन्त्री मनाकम बिगिनले उनको राजीनामा घोषणा गरेका थिए ।

सन् १९६३ अगस्ट २८ मा मार्टिन लुथर किङ्गले ‘आई ह्याभ अ ड्रिम’ नामक प्रसिद्ध भाषण दिएका थिए । संयुक्त राज्य अमेरिकामा रंग भेदको अन्त्य गर्न दिइएको यस ऐतिहासिक भाषण लिंकन मेमोरियलको अगाडि दिइएको थियो ।

सन् १९६३ अगस्ट २८ मा ‘एभरग्रीन ब्रिज’ ट्राफिक प्रायोजनको लागि खोलिएको थियो । वासिङ्टन तालको माथि बनेको सो पुलले सिएटल र मदिना सहरलाई जोड्दछ । वासिङ्टन प्रान्तको रुट ५२० मा पर्ने सो पुल विश्वको सबैभन्दा लामो तैरिरहेको पुल हो ।

सन् १९५५ अगस्ट २८ मा अफ्रिकी–अमेरिकी १४ वर्षीय किशोर एम्मेट टिलको क्रुर तरिकाले हत्या भएको थियो । हत्या हुनुभन्दा ४ दिनअगाडि टिललाई एक गोरा जातिका महिलालाई जिस्काएको आरोप लगाइएको थियो ।

सन् १९३७ अगस्ट २८ मा टोयोटा मोटर कर्पोरेसनको स्थापना भएको थियो । सन् १९३३ मा टोयोडा अटोमेटिक लूम वर्कस् लिमिटेडको एक सहायक संस्थाका रुपमा यस कार कम्पनीको स्थापना भएको थियो ।

सन् १८४५ अगस्ट २८ मा ‘साइन्टिफिक अमेरिकन’ नामक म्यागेजिनको पहिलो अंक प्रकाशन भएको थियो । सो म्यागेजिन साप्ताहिक समाचारपत्रको रुपमा सुरु गरिएको थियो । अहिले संयुक्त राज्य अमेरिकाको लगातार प्रकाशन भइरहेको सबैभन्दा पुरानो यो म्यागेजिनको रुपमा यसलाई चिनिन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ५२ बजे

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

बाँके– बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

भक्तपुर – मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका

बत्तीको भरमा गैरीगाउँ–सिनामङ्गलका टहरा भत्काइयो

काठमाडौँ – काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर