५० शय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिने अवस्थामा जाजरकोट अस्पताल « Khabarhub

५० शय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिने अवस्थामा जाजरकोट अस्पताल


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- ५० शय्या बिस्तारको घोषणा गरेको सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेको छ । संरचना अभावले पूर्व घोषणा कार्यान्वयन गर्न नसकेको अस्पतालले अब भने नयाँ भवनमार्फत  सेवा दिने तयारी गरेको छ । जाजरकोट अस्पताललाई १५ जेठ ०७३ जेठमा १५ शय्याबाट ५० श्यामा विस्तार गरिएको थियो ।

२६ असार ०७७ मा अस्पतालले नयाँ भवन निर्माण सुरु गरेको थियो । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।

३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम सुरु गरेको निर्माण कम्पनी सिनर्जी ज्ञान ज्योति, क्षितिज जेभी काठेश्वर काठमाडौँले तोकिएकै मितिमा सम्पन्न गर्न तयार रहेको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले जानकारी दिए ।

२५ पुस ०७९ भित्र निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिए । भवनको १६ असाेज ०७७ तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका थिए ।

६ वटा नयाँ अत्याधुनिक भवन निर्माण जारी रहेको गौतमले बताए । चार वटा भवनको रंगरोगन सम्पन्न भएको र दुई वटा भवनमा रंगरोगन चलिरहेको बताए । भौतिक संरचना अभावमा उपचारमा समस्या आएपछि धेरै नै आलोचना भएपछि तत्कालीन वनमन्त्री बस्नेतले अत्याधुनिक भवन बनाइ सेवा प्रवाहलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

उनको यो चुनावी नारा समेत रहेको थियो । स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई ५० श्यामा स्तराेन्तति भए पनि संरचना अभावमा काम गर्न मुस्किल हुँदै आएको थियो ।प्रदेश सरकारको ५० लाख रुपैयाँ लगानीमा भवन निर्माण कार्य जारी रहेको समयमा उपचार गर्न सहज होस भनि केही संरचना निर्माण गरिएको थियो ।

सुर्खेतको मेहलकुना र जाजरकोट अस्पताल मात्र ५० शय्या  विस्तार भएका थिए । अन्य जिल्लामा १५ शय्याका अस्पताल नै रहेका छन् । जाजरकोट अस्पतालभन्दा छिमेकी जिल्लाका अस्पताल १५ शय्याका अस्पताल रहेका छन् । संघीय सरकारकै पहलमा जाजरकोटमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु भएको छ ।

अस्पताल प्रदेश मताहातमा रहेको छ । पालिकामा समेत स्वास्थ्य संस्थाहरू निर्माण जारी रहेको छ । पालिकाले आफै तलब भत्ता उपलब्ध गराउने गरी मेडिकल अधिकृत भर्ना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : ४३ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ