घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न दलहरूलाई आग्रह  | Khabarhub Khabarhub

घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न दलहरूलाई आग्रह 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

राजनीतिक दलहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र बनाउन जुटिरहेका बेला आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो ।

‘आगामी मङ्सिर ४, २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र प्रतिबद्धता पत्रमा मानवअधिकारका विषय समावेश गर्न राष्ट्रिय मानवअधिकार आयोग निर्वाचनमा भाग लिने सबै दलहरूलाई आग्रह गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

विगतमा राजनीतिक दलहरूले तयार गरेका घोषणापत्रहरूलाई नजिकबाट नियालिरहेको आयोगले जनाएको छ ।

दलहरूले विगतमा आफ्ना घोषणापत्रमा मानवअधिकारका विषयलाई समावेश गरी मानव अधिकारप्रतिको आफ्नो प्रतिबद्धताको कार्यान्वयन गरेकोमा त्यसको सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुनेछन् भन्ने आयोगले विश्वास लिएको छ ।

‘हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धनको लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप उच्च महत्त्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

मानवअधिकारको सम्मान, संरक्षण तथा त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने राज्यको दायित्वलाई कार्यान्वयन गर्न निर्वाचनको माध्यमबाट सरकारमा सहभागी हुने राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने ठहर आयोगको छ ।

समृद्ध राष्ट्र निर्माण गर्ने सन्दर्भमा नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक तथा राजनीतिक अधिकारको सुनिश्चिततालाई स्वीकार गरी ती हक अधिकारहरूलाई मौलिक हकको रूपमा नेपालको संविधानले व्यवस्था गरेको सन्दर्भमा त्यसको कार्यान्वयनमा राजनीतिक दलको जिम्मेवारी सदैव महत्त्वपूर्ण हुने आयोगले बताएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २० मा उल्लिखित राजनीतिक दलको काम, कर्तव्य र अधिकार अनुरूप पनि दलहरूले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्ने आयोगले सम्झाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ४५ बजे

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको

गृहमन्त्रीबारे निर्णय गर्न ओली–देउवा एक्लाएक्लै वार्तामा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे एमालेमा छलफल

काठमाडौं – नेकपा (एमाले)ले अनेरास्ववियुमा उमेर हद लगाउनेबारे छलफल गरेको

मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो