सिन्धुलीगढीको युद्धमा फिल्म ‘सिन्धुलीगढी’ घोषणा « Khabarhub

सिन्धुलीगढीको युद्धमा फिल्म ‘सिन्धुलीगढी’ घोषणा


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा फिल्म ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धुलीगढीमा भएको युद्धमा आधारित फिल्मको आलेखमा निर्देशक घिमिरेले पटकथा तथा संवाद तयार पारेका गरेका छन् ।

फिल्मका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए । फिल्म सास इन्टरटेन्मेन्ट सिनेमाको व्यानरमा निर्माण हुनेछ ।

सास अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन सिन्धुली, काभ्रे र काठमाडौमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर फिल्मको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको बताए । उनले फिल्मलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताएका छन् । फिल्मको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले फिल्मलाई हिन्दी र अंग्रेजी भाषामा स्वरांकन गरिने जानकारी दिए । फिल्मका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर अफ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिसनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । विदेश ब्यवस्थापनमा शुक्र राई र भारतीय व्यवस्थापनमा उपहार लामिछाने रहेका छन् भने यूरोप अमेरिकामा निर्माता स्वयंले जिम्मेवारी लिएका छन् । फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ०१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण