हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा दुई पक्राउ « Khabarhub

हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा दुई पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोलुखुम्बु  नेचासल्यान गाउँपालिका वडा न. ३ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रेजिना राउतलाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काठमाडौँ उपत्यकास्थित विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले सामाजिक सञ्जाल फेसबुकमार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराएर झुटा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाई रकम असुल गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।  सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुषसँग कुराकानी गरेको अश्लिल कुराकानी गरी उक्त कुराको भिडियो सार्वजनिक गरेर फसाई दिने धम्की दिँदै रकम असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


उनीहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ०५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल