बुढा नेताहरुको बिदाइ अनिवार्य आवश्यकता « Khabarhub

बुढा नेताहरुको बिदाइ अनिवार्य आवश्यकता


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उमेरले ६० काटेका नेताहरूको जगजगी नेपाली राजनीतिमा वर्षौँदेखि छ । नेपालमा राणातन्त्र, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीय गणतन्त्रमा पनि वृद्ध नेताहरूकै जगजगी छ ।

फेरि उनीहरूको जगजगी यति मात्रै छ, जुन प्रधानमन्त्री र मन्त्रीहरूको कुर्सीबाहेक अरू प्राथमिकतामा छैन । यो जगजगीले नेपालको विकास, समृद्धि, आवश्यकता र आधुनिक नेपालको परिकल्पना गर्दैन । केवल नेताहरूको स्वार्थ र सत्ता राजनीतिलाई मात्रै मलजल गर्छ ।

यो परिवेशलाई नजिकबाट नियालेका नेपालका थिंक ट्यांकले अब बुढा नेताहरूको बिदाइ अनिवार्य आवश्यकता भएको औँल्याउन थालेका छन् ।

केही दिनअघि प्रशासनविद् शारदाप्रसाद त्रितालले उमेरले ६० कटेका नेताहरूलाई चुनावमा हटाएर उनीहरूलाई नेपाली राजनीतिबाट बिदाइ गर्नुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरेका थिए ।

उनले सार्वजनिक रूपमै मुख खोलेपछि अचेल सामाजिक सञ्जालमा ‘नो नट अगेन’ ह्यासट्याग चलेको छ । अब फेरि होइन भन्दै बुढा नेताहरूलाई राजनीतिबाट बिदाइ गर्नुपर्ने दबाब बढ्दो छ ।

केही समययता स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै युवाहरू राजनीतिमा होमिएका बेला बुढा नेताहरूमाथि दबाब बढ्दो छ । युवा पुस्ता बुढापाका नेताहरूको राजनीतिदेखि दिक्क भएका बेला नयाँ युवाहरूप्रति आशाको दियो भने बलेको छ ।

यसले ढिलो चाँडो राजनीतिमा युवापुस्ताको आकर्षण बढ्दै अब पुरानो नेताहरूको बिदाइ बाध्यात्मक भए पनि अनिवार्य आवश्यकता महसुस हुन थालेको छ । बुढा नेताहरूलाई विदेशीको गोट्टी मात्रै बनेर आफ्नो स्वार्थ पूरा गर्ने धाउन्न चलेका बेला सचेत युवाहरू भने परिवर्तनको राजनीतिमा अघि बढ्ने संकेत देखाइरहेका छन् ।

यसले ढिलो चाँडो नेपाली राजनीतिमा केही न केही उथलपुथल हुने संकेतसमेत देखाएको छ । नेपालमा जे गरे पनि हुन्छ भन्ने नेताहरूको प्रवृत्तिका कारण जताततै विकृति मौलाउँदा अब केही न केही नयाँ हुन्छ भन्ने आशा पनि पलाएको छ ।

रविन्द्र मिश्र, मिलन पाण्डेय, रवि लामिछाने, पुकार बम, बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल, रन्जु दर्शना, सागर ढकाल, गणेश पौडेल लगायतका युवाहरूको एकपछि अर्को उम्मेदवारी घोषणाले आस पलाउने जमात झन् बढ्दो छ ।

नेपाली राजनीतिमा अहिलेका प्रमुख खेलाडी प्रचण्ड, माधव नेपाल, केपी ओली, शेरबहादुर देउवा सबै उमेरले ७० हाराहारीका नेताहरू हुन् । उनीहरूमा नयाँ केही गरौँ भन्ने केही पनि योजना र उद्देश्य छैन ।

यस्तो बेलामा नयाँ नयाँ उद्देश्य र योजना बोकेका नेताहरू, त्यसमा पनि सामाजिक रूपमा केही न केही परिचय बोकेका युवा राजनीतिमा आउनु अनिवार्यजस्तै छ । यो आकर्षणले राजनीतिमा ठूलो स्पेस लिँदा पुराना र बुढा नेताहरू भने बिस्तारै पाखा लाग्नेमा आशंका छैन ।

तर यसका लागि अहिले सक्रिय रहेका दोस्रो तहका नेताहरूको सोच, विचार र क्षमता परिपक्व हुन आवश्यक छ । अनि उनीहरू अहिले पनि बुढा नेताहरूको पाउ पर्नेभन्दा आफ्नो क्षमता देखाएर आफैँले परिवर्तन गर्नेतर्फ लम्किन आवश्यक छ ।

तर अहिले सबै पार्टीका दोस्रो तहका नेताहरूमा त्यस किसिमको बल, विवेक र विचार देखिँदैन । उनीहरू समग्रमा अवसर हेरेर बसे पनि विद्रोह गर्न सक्ने अवस्थामा छैनन् । यसले नेपाली राजनीति परिवर्तन गर्न सक्ने ल्याकत राख्दैन ।

सोही कारण वर्तमान राजनीतिमा रहेका सबै ६० वर्षदेखि माथिका नेताहरूलाई बिदाइ गर्नु अनिवार्य आवश्यकता बनिसकेको छ । त्यसको सबैभन्दा महत्त्वपूर्ण अवसरका रूपमा चुनाव आउँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो संसदीय चुनावमा बुढा र भिजनलेस सबै नेताहरूलाई बिदाइ गरेमा मात्रै अबको पुस्ता र नेपाली राजनीतिको परिवर्तन सम्भव छ ।

कुनै पनि क्षेत्रमा परिवर्तनका लागि आवश्यक बल र विचार ल्याउनुपर्छ । अहिले सबैमा नयाँ किसिमको विचार उत्पन्न भएको छ । अब सोही विचार प्रयोगका लागि अलिकति बल लगाएर भए पनि चुनावमा बुढा नेताहरूको बिदाइ अनिवार्य आवश्यकता बन्नुपर्छ ।

यसरी बुढा र कुनै नयाँ योजना तथा भिजन नभएका नेताहरूलाई बिदाइ गरेमा नयाँ नेपालको परिकल्पना साकार हुन सक्छ । अन्यथा नेपालको भद्रगोल अवस्था योभन्दा नाजुक बन्न सक्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ४६ बजे

धुलिखेल अस्पतालका कर्मचारी कुटिए

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।

निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे

लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट

बजेटमा शिक्षा : पूर्वाधार विकास, नीतिगत सुधार र सुशासनमा नयाँ आशा

काठमाडौं– आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले ल्याएको बजेटले शिक्षा

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था

सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र