चिनियाँ कपडा उद्योग धराशायी बन्दै « Khabarhub

चिनियाँ कपडा उद्योग धराशायी बन्दै


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घरेलु बजारमा घट्दो माग, खस्किँदो निर्यात र अमेरिकी प्रतिबन्धका कारण केही समयअघिसम्म उदीयमान रहेको चीनको कपडा उद्योग अहिले भने समस्यामा परेको पाइएको छ ।

फाइनान्सियल पोस्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किँदै गएको छ । सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको जनाइएको छ ।

चीनलाई विश्वकै सबैभन्दा ठूलो कपडा उत्पादक मानिन्छ । यस उद्योगले चीनको कूल ग्राहस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको छ ।

यसअघि अमेरिकाले चिनियाँ कारखानाहरुले सिन्जियाङ प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक उइगुर मुसलमानहरुलाई जबरजस्ती श्रममा लगाएको भन्दै चीनबाट कपासको आयातमा प्रतिबन्ध लगाएको थियो । यसकारण सिन्जियाङमा ३० लाख टनभन्दा धेरै कपास बिक्री हुन नसकेको जनाइएको छ ।

चीनको कपडा उद्योग धराशायी भएसँगै यसको विकल्पमा रहेका अन्य एसियाली मुलुकमा भने कपडा उद्योग फस्टाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भारत, भियतनाम, बंगलादेशजस्ता मुलुकमा विदेशबाट कपडाको माग बढ्दै जान थालेको जनाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ४० बजे

तनहुँ अपडेटः मृत भेटिएका तीनमध्ये एक जनाको सनाखत

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा

धनुषामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा झडप, १२ जना घाइते

धनुषा – धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय