दसैँ पर्व लक्षित बजार अनुगमन « Khabarhub

 दसैँ पर्व लक्षित बजार अनुगमन


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाइँले बताए । 

उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ । 

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ । उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । 

चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्यभन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ५४ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी