उम्मेदवार गाउँगाउँ पसेपछि जाजरकोटका मतदाता खुसी « Khabarhub

उम्मेदवार गाउँगाउँ पसेपछि जाजरकोटका मतदाता खुसी


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा माओवादी केन्द्रका उपहासचिव आफ्नो गाउँमा पुग्दा दंग परिन् ।

लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न शक्ति बस्नेत आएपछि जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ मनमा लागेको बताइन् ।

उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । ‘मेरो छोराको ठाउँमा कालेगाउँको एक सामान्य किसानको छोरा मेरो छोराको सपना पूरा गर्न गाउँगाउँमा आउँदा म आमाको मन किन खुसी नहुने ? यही परिवर्तनका लागि हामीले छोरालाई जनयुद्धमा पठाएका थियौँ । अहिले गाउँमा मोटरबाटो, टेलिफोन आएको छ । यो सबै हाम्रो छोराको बलिदानले आएको हो,’ उनी भन्छिन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतको नजिकै आएर उनले ‘बाबु मेरो छोराको बलिदानी खेर नजाओस् है, बारेकोटमा राम्रो विकास भएको छ, अझै होस्’ भनिन् । बस्नेतले रामकली बुढालाई तपाईको छोराको सपना पूरा गर्न दिनरात लागिपरेको बताए ।

बारेकोट–४ की सिर्जना बस्नेतले बारेकोटको विकासमा माओवादी आन्दोलनको विजय भएको बताइन् । उपमहासचिव बस्नेत गाउँगाउँ पुग्दा सर्वसाधारणले विकास निर्माणदेखि सहिदको सपना पूरा गर्न आग्रह गर्दै फेरि पनि मन्त्री भएर आउन आशीर्वाद दिए । नौ महिना गृहमन्त्री, चार महिना स्वास्थ्यमन्त्री र दुई वर्षभन्दा बढी समय वनमन्त्री भइसकेका बस्नेत माथिल्लो तहमा पुग्ने जाजरकोटको पहिलो नेता हुन् ।

बस्नेतसँग एमालेका युवा नेता निरज आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो चुनावमा बस्नेतलाई जिताउन लागेका आचार्य पो पटक शक्तिसँग चुनावी मैदानमा भिडेका छन् । उनीसँगै स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ५० बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ