भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान « Khabarhub

भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतस्थित भेरी नदी किनारका नागरिकलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घर भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो।

वराहताल गाउँपालिका–२ को पाग्म र वडा नं ४ को तरङ्गा तथा पञ्चपुरी नगरपालिका–९, जामु र वडा न ११ कुइनेमा पूर्वसूचना प्रणालीका लागि आवश्यक साइरनसहितको उपकरण पनि जडान गरिएको छ। त्यहाँ करिब सात लाख रुपियाँको उपकरण जडान गरिएको हो।

परियोजनाका व्यवस्थापकबिना खड्काका अनुसार यो प्रणालीले वर्षायाममा सर्वसाधारणलाई वर्षा र बाढी आउनुपूर्व सन्देश दिएर नदी किनारका बस्तीका बासिन्दालाई सचेत गराउनेछ।

उनले २०७१ सालमा उक्त स्थानमा वर्षा र बाढीले धनजनको निकै क्षति गरेको हुँदा सोही स्थानलाई केन्द्रबिन्दु मानेर पूर्वसूचना प्रणाली परियोजना लागू गरिएको जानकारी दिए। यो प्रणालीको उपकरणले बाढी र पानी आउनुभन्दा दुई घण्टाअघि नै सचेत गराउने गरेको छ। सूचना प्रणालीले दुई घण्टाअघि दिएको बाढीसम्बन्धी दिएको सूचनाको आधारमा स्थानीय सुरक्षित स्थानमा जान सक्छन्। यसले जनधनको क्षति कम गर्छ। बाढी वा ठूलो पानी आउनासाथ सतह पार गरेमा उपकरणले सुरक्षित स्थानमा जानु होला भनी साइरन बजाउने गर्दछ।

वराहताल गाउँपालिका–२ पाग्मका चन्द्रा घर्तीमगरले उक्त उपकरणले गत असोजमा आएको बेमौसमी वर्षाबाट बच्न सहयोग मिलेको बताए। बाढीले खतराको चिह्न पार गर्नासाथ साइरन बजेको र त्यसपछि सबै बासिन्दा सुरक्षित स्थानमा गएकाले धनजनको क्षति हुनबाट बचेको जानकारी दिए।

जल तथा मौसम कार्यालय कोहलपुरका प्रमुख राम विकेस रायले पूर्वसूचना प्रणालीले बाढीबाट हुन सक्ने क्षतिबाट बचाउन सहयोग पुग्ने बताए।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ४८ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य