खलंगा–तिंकर सडक निर्माणको काम तीव्र गतिमा  « Khabarhub

खलंगा–तिंकर सडक निर्माणको काम तीव्र गतिमा 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– सदरमुकाम खलंगा–तिंकर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ ।आर्थिक वर्ष २०७८/७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको आठ दशमलव चार किलोमिटर सडक निर्माण गरिसकेको छ । उक्त क्षेत्रमा चार मिटर चौडाइको तीन किलोमिटर सडक र चारदेखि छ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजना प्रमुख तथा प्रमुख सेनानी हरिबहादुर बोहराले बताए । 

उनका अनुसार ट्रयाक खोलिसकेपछि असोजपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना रहेको छ । तीन मिटर चौडाइ रहेको क्षेत्रमा सडकलाई अझ बढी  चौडा बनाइने आयोजना प्रमुख बोहराले बताए । गत आवदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको थियो । 

गतवर्ष सेनाले सात किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको उनले बताएका छन् । नेपाल सरकारले २०७७ वैशाख १४ गते तिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक निर्माणका लागि विसं २०७७ असारमा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो ।

विसं २०७७ मा सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरादुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो । विसं २०७९ वैशाखको दोस्रो साता सेनाको हेलिकप्टरमार्फत राप्लाको माल र दुम्लिङमा स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी गरिएका छन् । सेनाले जिम्मा लिनुभन्दा पहिला श्रमिकबाट हातेऔजार प्रयोग गरी सडक खनिँदै आएको थियो ।

तुषारपानीदेखि दुम्लिङसम्मको साढे आठ किलोमिटर लामो सडक निर्माण कार्यमा दैनिक तीनदेखि साढे चार सय जनासम्म श्रमिक परिचालन गरिएको आयोजनाले जनाएको छ । सडक निर्माणमा प्रयोग गरिएका जनशक्तिमध्ये ७० प्रतिशत दार्चुलाका स्थानीय रहेका आयोजना प्रमुख बोहराले बताए । फतङगाड, कोठधार, माल, सगनाडी, दुम्लिङलगायत स्थानमा श्रमिकको क्याम्प राखेर सडक निर्माण भइरहेको छ । 

उक्त सडक निर्माणका लागि सुन्सेराबाट भरिया र खच्चरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गरिएको थियो । सडक निर्माण भइरहेका स्थानमा स्काभेटर र कम्प्रेसर मेसिन चलाउन पेट्रोलियम पदार्थ ढुवानी गरिएको आयोजनाको भनाइ छ । गतवर्ष सरकारले तिङ्कर सडक निर्माणका लागि नेपाली सेनालाई रु १५ करोड ८० लाख बजेट उपलब्ध गराएको थियो । सडक निर्माण आयोजनाले ९१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गत वर्ष विनियोजित बजेटमध्ये रु १४ करोड ३८ लाख सडक निर्माणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ । भौगोलिक विकटता र कडा चट्टान भएका कारणले काम गर्न निक्कै कठिन भएको उनले बताए । कडा चट्टानका बाबजुद पनि निर्माण कार्य लक्ष्यभन्दा बढी नै भएको प्रमुख बोहराको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ०७ बजे

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा

जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ – मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

ट्रम्पले भने : इरानविरुद्धकाे सबै कार्ड अमेरिकाको हातमा छ

वासिङ्टन – इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट

काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको