कम्बोडिया आगलागी : नेपालीको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

कम्बोडिया आगलागी : नेपालीको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटेलमा भएको आगलागीमा परेर ज्यान गुमाएका नेपालीको शव ल्याउन सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मुख्यसचिव शंकरदास वैरागीलाई झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार राति भएको आगलागीमा ज्यान गुमाएका झापाका निराकर पाण्डेसहित १९ जनाको निधनप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

कम्बोडियाको स्थानीय समयअनुसार बिहीबार राति ११ बजे आफू बसेको होटेलमा आगलागी सुरु भएपछि पाण्डेले आत्तिएर १२औं तलाबाट हाम फाल्दा मृत्यु भएको थियो। भिजिट भिसामा एक महिनाअघि कम्बोडिया गएका उनले होटेलमा आगो लागेपछि घरमा फोन गरेर परिवारका सदस्यसँग कुराकानी गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ०८ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन