सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने « Khabarhub

सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नागरिकहरु आर्थिक अभाव, गरिबी र चेतनाको कमीका कारण रोग पालेर बस्ने र सामान्य उपचारसमेत पाउन नसक्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । 

डोल्पाको जगदुल्ला गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको जीवनरक्षाका लागि निःशुल्क स्वास्थ बीमा कार्यक्रमको सुरूवात गरेको जनाएको छ । यसअघि सुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहजीकरण गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष नारासिं रोकायाले बताए । 

‘नागरिकको स्वास्थ्यप्रति गम्भीर छौँ । उपचारमा सहज होस् भनि स्वास्थ्य बीमा कार्यक्रम ल्याएका हौँ,यसपटक स्वास्थ्य क्षेत्रको बजेट पनि बढाएका छौँ’, उनले भने। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा समानिकरणतर्फ ४५ लाख बजेट विनियोजन गरेको छ । 

जाजरकोटको बारेकोट गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखी योजना बनाएको छ । ‘विपन्न नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले आपतकालीन उपचार कोषको स्थापना गरेका छौँ’, उनले भने। गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमध्ये २५ प्रतिशत अर्थात् १५ करोड रकम स्वास्थ्यका क्षेत्रका लागि विनियोजन गरेको छ । 

कालिकोटको महावै र शुभकालिका गाउँपालिकाले पनि सबै नागरिकको निःशुल्क स्वास्थ बीमा सञ्चालनमा ल्याएका छन् । महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले आफूले पहिलो निर्णयबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको बताए। गाउँपालिकामा एक हजार छ सय घरमध्ये हालसम्म तीन सयभन्दाबढीमा घरपरिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेको उनले जानकारी दिए। गाउँपालिकाले चालु आवको कूल बजेटको ३२ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ ।

कालिकोटकै शुभकालिका गाउँपालिकाल पनि  स्वास्थ्य क्षेत्रका लागि ४० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद आचार्यले पाँच वर्षभित्र सबै नागकिरको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने लक्ष्यअनुसार एक वर्षमा एक हजार एक सय घरपरिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ०५ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन