फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए « Khabarhub

फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । 

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : १० बजे

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ