अवैध लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चारजना पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार नरैनापुर गाउँपालिका-३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

कैलालीकै टीकापुर नगरपालिका-८ खक्रौलाबाट ५ ग्राम ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित यूपी ३१ बिवाई २७२८ नम्बरको मोटरसाइकलमा सवार भारत लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंहलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : २९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको