आफ्नै घरमा आगलागी हुँदा पूर्व वडाध्यक्षको मृत्यु « Khabarhub

आफ्नै घरमा आगलागी हुँदा पूर्व वडाध्यक्षको मृत्यु


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आगलागीका कारण पूर्व वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १० : ३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे । उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाटसँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए ।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए। के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइन्छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ५९ बजे

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.