‘पाकिस्तानमा भएको विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता’ « Khabarhub

‘पाकिस्तानमा भएको विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता’


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी पेशावर शहर खैबर पख्तुनख्वाको मस्जिदमा सोमबार भएको बम विस्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता रहेको पाइएको छ । उक्त आत्मघाती बम विष्फोटमा संलग्न आतङ्ककारीको सञ्जाल पाकिस्तानी प्रहरीले फेला पारेको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका छन् ।

पख्तुनख्वाका प्रहरी प्रमुख मोअज्जाम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भने, “प्रहरी आक्रमणको पछाडि रहेको आतङ्कवादी सञ्जाल पत्ता लगाउन नजिक पुगेको छ । हामी घटनामा प्रत्यक्षपमा सम्लग्न र योजनाकारहरूलाई पनि चिन्दछौं ।”

आत्मघाती आक्रमणकारी शहरको अति संवेदनशील क्षेत्रमा कसरी पस्न सफल भयो भन्ने बारे कुरा गर्दै अन्सारीले आक्रमणकारीले प्रहरीको पोसाक लगाएको र प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीले उसलाई प्रहरीसँग सम्बन्धित भएको ठानी झुक्एिको बताए ।

सोमबार दिउँसो १२ः३७ बजे आत्मघाती आक्रमणकारी हेल्मेट लगाएर मोटरसाइकलमा मुख्य गेटमा आई एक हवल्दारसँग मस्जिद कहाँ छ भनेर सोधेको बताउँदै आक्रमणकारीलाई यस क्षेत्रको बारेमा थाहा नभएकोजस्तो देखिएको छ ।

“आक्रमणकारीलाई लक्ष्य दिइएको थियो र उसको पछाडि पूरै नेटवर्क छ,” उनले भने । क्षतिग्रस्त मस्जिदको भग्नावशेषबाट आत्मघाती आक्रमणकारीको टाउको र आत्मघाती ज्याकेटमा प्रयोग गरिएको ‘बल बेयरिङ’ बरामद गरिएको र विस्फोटमा १० देखि १२ किलो अत्यधिक विस्फोटक ‘टीएनटी’ प्रयोग गरिएको उनले बताए ।

शक्तिशाली विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै अन्य २०० भन्दा बढी घाइते भएका अस्पताल र प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ८ : २७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल