एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित « Khabarhub

एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित भएको जनाएको छ । 

आगामी असार ६ गतेदेखि भारतमा सुरु हुने साफ च्याम्पियनसिप र त्यसको तयारीका लागि जेठ ३२ गते फिलिपिन्ससँग हुने मैत्रीपूर्ण खेलका लागि हिजोबाट प्रशिक्षण सुरु भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग जारी रहेको समयमा खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको भन्दै फुटबल क्लबहरूले असहमति जनाएपछि प्रशिक्षण बन्द गरिएको हो ।

क्लबहरूको विज्ञप्ति पछि एन्फाले ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय टोलीको आजको प्रशिक्षण पूर्वनिर्धारित समयमा हुने र त्यसपछिको प्रशिक्षण बन्द गर्ने जनाएको छ । 

लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरू असन्तुष्ट बनेका हुन् ।

क्लबहरूले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याचलगायत रकम उपलब्ध नगराएसम्म आजदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णयसमेत गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : १४ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण