एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित | Khabarhub Khabarhub

एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित भएको जनाएको छ । 

आगामी असार ६ गतेदेखि भारतमा सुरु हुने साफ च्याम्पियनसिप र त्यसको तयारीका लागि जेठ ३२ गते फिलिपिन्ससँग हुने मैत्रीपूर्ण खेलका लागि हिजोबाट प्रशिक्षण सुरु भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग जारी रहेको समयमा खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको भन्दै फुटबल क्लबहरूले असहमति जनाएपछि प्रशिक्षण बन्द गरिएको हो ।

क्लबहरूको विज्ञप्ति पछि एन्फाले ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय टोलीको आजको प्रशिक्षण पूर्वनिर्धारित समयमा हुने र त्यसपछिको प्रशिक्षण बन्द गर्ने जनाएको छ । 

लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरू असन्तुष्ट बनेका हुन् ।

क्लबहरूले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याचलगायत रकम उपलब्ध नगराएसम्म आजदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णयसमेत गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : १४ बजे

चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि : पिएसजी उपविजेता

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या